एजेन्सी,,
धुलिखेल,२१ बैशाख :
सन् २०१७ मा विश्वभरका मुलुकले सैन्य शीर्षकमा १७ सय अर्ब डलर खर्चिएको तथ्यांक सार्वजनिक भएको छ । संसारभरका देशले गरेको सैन्य खर्चमाथि अनुसन्धान गर्ने स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्ष्टिच्यूट सिप्रीको प्रतिवेदन अनुसार अमेरिका एक्लैले सैन्य क्षेत्रमा ६ सय १० अर्ब डलर खर्चिएको छ ।
त्यस्तै रुसले अघिल्लो वर्षभन्दा २० प्रतिशत कम अर्थात ६६ अर्ब ३० करोड डलर खर्च गर्दा चीनले २ सय २८ अर्ब डलर खर्चिएको छ । सामान्यतया, विश्वको बलिया आर्थिक शक्ति मानिएका मुलुकहरुले सेना तथा रक्षा मामलामा अधिक रकम खर्च गर्ने गरेको मानिन्छ । तर कुल ग्राहस्थ उत्पादन जीडीपीको ठूलो हिस्सा सैन्य क्षेत्रमा खर्च गर्ने मुलुकको सूचीमा अमेरिका, रुस र चीनभन्दा माथि अरु नै मुलुक सूचिकृत छन् ।
जीडीपीको आधारमा ठूलो राशी सैन्य क्षेत्रमा खर्च गर्ने मुलुकको तेस्रो नम्बरमा कंगो पर्दछ । उसले जीडीपीको ६ दशमलव २ प्रतिशत हिस्सा सैन्य क्षेत्रमा खर्च गरेको छ ।