• नमोबुद्ध संवाददाता,,,

सिन्धुलीमाढि ,१४ बैशाख :
सिन्धुली जिल्ला खुल्ला दिसा मुक्त जिल्ला भएको छ । सिन्धुली खुल्ला दिशामुक्त भएको नेपालको ४९ औं जिल्ला बनेको छ ।

राष्ट्रिय सरसफाई गुरुयोजना २०६८ अनुरुप एक घर एक चर्पी निर्माण भएपछि खुल्ला दिशामुक्त जिल्ला घोषणा गनृ सकिन्छ । ५८ हजार ७ सय ९६ घरधुरी रहेको सिन्धुलीमा ५८ हजार २१० चर्पी निर्माण भएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कार्यालयका अनुसार ५ सय ८१ विद्यालयको चर्पी, २ सय ९३ संयुक्तचर्पी र १४ वटा सार्वजनिक चर्पाी पनि निर्माण भएको छ ।

विहिवार सिन्धुलीमाढीमा आयोजित एक औपचारिक कार्यक्रममा खानेपानी तथा सरसरफाई मन्त्री विना मगरले सिन्धुलीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो । औपचारिक कार्यक्रममा जिल्लाका विभिन्न भेग वस्तीका स्थानिय र्यालीका साथ सहभागि थिए ।

उनिहरुले अझै पनि स्वास्थ्य तथा सरसफाईका लागि गाउँगाउँसम्म विभिन्न जागरणमुखी अभियानहरु जारी राखे यसको फाईदा दिर्घरुपमा रहने बताएका थिए । स्थानियले आफ्नो जिल्ला खुल्ला दिशामुक्त हुनु स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको भन्दै खुसी व्यक्त गरे । यो खुसीयालीमा साथ दिन जिल्ला जन्मथलो रहेका गायक तथा संगितकार फूलकुमार बम्जन,सोनाम बज्यु लगायतका कलाकारहरु पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस !