- सेमह्रो फूलमान मोक्तान,,,
नवलपुर,१३ बैशाख :
सिन्धुपाल्चोकमा युनाइटेड तेक्वान्दो डोजाङद्वरा संचालित तेक्वान्दो प्रशिक्षणमा सहभागी भएका ५१ जना प्रशिक्षार्थीलाई विहिबार ग्रेडिङ वृद्धिको प्रमाणपत्र तथा आइडी कार्ड बितरण गरिएको छ । गत चैतको २७ गते ग्रेडिङ सम्पन्न गरेको र ग्रेडिङमा उतिर्ण भएका ५१ जना प्रशिक्षार्थीलाई नवलपुर युनाइटेड क्लबको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रमकाबिच इन्द्रावती गाउँपालिका वडा ४ का वडाध्यक्ष जगतमान ताल्चाभडेल, नवलपुर युनाइटेड क्लबका अध्यक्ष चीन लामा,क्लबकै महासचिव क्षेत्र बहादुर तामाङले प्रमाणपत्र तथा आइडी कार्ड बितरण गरेका हुन् ।
कार्यक्रममा इन्द्रावती गाउँपालिका नेपाली कांग्रेसका संयोजक फुर्पा तामाङ ,नवलपुर इलाका प्रहरी कार्यालयका असई मान बहादुर तामाङका साथै जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारी र युनाइटेड डोजाङका प्रशिक्षक बिक्रम तामाङ लगायतको पनि उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागि वडाध्यक्ष जगतमान ताल्चाभडेलले ग्रेडिङमा उतिर्ण सबैलाइ बधाई तथा शुभकामना ज्ञापन गर्दै डोजाङको विकासका लागि सहयोग गर्ने प्रतिबद्ध पनि जनाउनुभयो ।
विगत ६ महिना देखि डोजाङले तेक्वान्दो प्रशिक्षण गर्दै आएको छ । आफ्नो ज्यानको सुरक्षा आफैले गर्न सक्ने क्षमता बिकास गर्न,स्वस्थ बन्नको लागि साथै अन्तराष्ट्रीय स्तरसम्म तेक्वान्दोलाई चिनाउन यस्तो प्रशिक्षण चलाउँदै आएको प्रशिक्षक बिक्रम तामाङको भनाइ छ ।