
- बीबीसी,
काठमाण्डौं,१२ बैशाख :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोबीच वार्ता भएको छ । उहाँहरुबिच इरानसँगको परमाणु सम्झौताका विषयमा छलफल भएको छ । उहाँहरुले सन् २०१५ मा भएको परमाणु सम्झौतालाई नयाँ शिराबाट अघि बढाउने विषयमा कुराकानी गर्नुभएको ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भेटपछि उहाँहरुले पारमाणविक कार्यक्रमबारे एउटा नयाँ सम्झौता हुन सक्ने बताएका छन् बताउनुभएको छ । इम्यानुएलसँग ह्वाइट हाउसमा गरिएको कुराकानीपश्चात्, ट्रम्पले म्याक्रोंसँगको वार्तापछि केही ठूलो, सम्भवतः सम्झौता हुन सक्ने जनाउन दिनुभयो । म्याक्रोंले नयाँ सम्झौताले इरानको बलिस्टिक क्षेप्यास्त्र तथा मध्यपूर्वमा उसको भूमिकासम्बन्धी विषयलाई पनि समेट्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
यसअघि इरानको आणविक सम्झौता भङ्ग गर्ने धम्की दिँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पलाई फ्रान्सेली समकक्षी म्याक्रोले सम्झौतालाई नयाँ ढंगले अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो । इरानी राष्ट्रपति हशन रुहानीले राष्ट्रपति ट्रम्प परमाणु सम्झौताबाट पछि हटे गम्भीर र अकल्पनीय परिणाम व्यहोर्नुपर्ने चेतावनी दिनुभएको थियो ।
आगामी साताभित्र राष्ट्रपति ट्रम्पले इरानको परमाणु कार्यक्रमप्रति समर्थन जनाइराख्ने वा नराख्ने भन्नेबारे ठोस निर्णय लिनैपर्ने भएकाले पनि ट्रम्प प्रशासनले सो सम्बन्धमा छलफल तीव्र बनाइएको छ । विश्व शक्ति राष्ट्रहरु अमेरिका, फ्रान्स, चीन, जर्मनी, रुस, बेलायत र इरानबीच सन् २०१५ मा भएको सम्झौतामा इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित बनाउने प्रतिबद्धता जनाएको थियो ।