
- नमोबुद्ध संवाददाता
मंगलटार,१२ बैशाख :
क्षितिज स्मृति प्रतिस्ठान, नेपाल मंगलटार काभ्रेले स्थानिय कर्मोदय आधारभुत विद्यालयलाई फर्निचर सहयोग हस्तान्तरण गरेको छ । माओवादी शसस्त्र युद्धको शिलसिलामा सिन्धुपाल्चोक चौतारा आक्रमणमा २०६२ वैशाख १० गते मारिएका कुलबहादुर लामा९क्षितिज० को १२ औं स्मृती दिवसको अबसरमा सोमबार विद्यालयका अध्यक्ष वज्रध्वज लामा र प्रधानाध्यापक रत्न तामाङलाई २ वटा कार्यलय टेवल र ४ वटा ह्वाईट वोर्ड हस्तान्तरण गरिएको हो ।
फर्निचर सामाग्री हस्तान्तरण गर्दै प्रतिष्ठानका अध्यक्ष सुमन तामाङले भन्नुभयो‐“यहि स्कुलमा पढ्ने क्षितिजको सम्झनामा आज हामीले यि सामाग्री ल्याएका हौं,क्षितिजले त पढ्न पाउनुभएन तर अरु कोही बालबालिका शिक्षाबाट बञ्चित नहोस् भनेर संस्थाका सचिव सुनिल लगायत मिलेर यो सानो प्रयास गरेका हौं ।”
साथै प्रतिष्ठानले उक्त विद्यालयको कक्षा २ मा पढ्ने छात्रा सामना दोङ तामाङलाई मासिक २ हजार रुपैयाँका दरले छात्रावृत्ति दिने घोषणा पनि गरेको छ ।
प्रतिष्ठानका सचिव सुनिलले क्षितिज स्मृति प्रतिष्ठान नेपालले विशेष गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गर्ने बताउनुभयो । उहाँले स्थापना कालदेखि प्रतिष्ठानले विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएको जानकारी दिदै भन्नुभयो‐ “यसलाई निरन्तरता मात्र दिएका हौं,शहिद क्षितिजको सम्मानमा पनि हामी विस्तारै विभिन्न अभियानहरु सञ्चालन गर्नेछौं ।”