-
जगत तामाङ
सन्दर्भ लोकतन्त्र दिवस÷क्षितिज स्मृति दिवस।।।
आज लोकतन्त्र दिवस,२०६२÷०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १२ वर्ष पूरा भएको छ । विशेष त आजकै दिन कोही १९ दिने जनआन्दोलनको स्मरण गर्दैछन् त कोही १० वर्षे माओवादी शासस्त्र युद्ध ।
०६२÷०६३ को जनआन्दोलनमा दुई दर्जनले मृत्युवरण गरे,संयौ घाईते भए अनि माओवादी द्धन्दको क्रममा १७ हजारले प्राणको आहुती दिए,हजारौं घाईते र वेपत्ता छन् । शान्तिपुर्ण राजनीतिमा रहेका एमाले काँग्रेस लगायतका दल र शसस्त्र आन्दोलनमा रहेका माओवादी संगको मिलेमतो अनि जनताको बलमा जनआन्दोलन सफल भयो, माओवादी शान्ती प्रक्रियामा आयो । तानाशाह ज्ञानेन्द्र अर्थात राजसंस्थाको अन्त्यसंगै जनताको शाषक जनता आफैं बन्ने ढोका खुल्यो ।
यो बिचमा आदीवासी जनजाती र मधेसी समुदायको असन्तुष्टिको उचित सम्बोधन नभएपनि संविधान जारी गरियो,अहिले केन्द्रदेखी स्थानिय तहसम्मको सरकार बनिसकेको छ तर जनता भन्छन्‐“नेता मोटाए,जनता उस्तै” यसको आसय यो होकी व्यवस्था फेरिए तर व्यवस्था फेरिएको नाउँमा घुम्ने मेचमाथिको मान्छे मात्रै फेरिएका हुन् ।
संघियता,समावेशीता,धर्मनिरपेक्षता र गणतन्त्र । थुप्रै जन योद्धाहरुको संघर्ष र रगतसंग साटिएको यि उपलब्धी पश्चात पनि अन्य ठाउँका जस्तै काभ्रेका जनता पनि असन्तुष्ट छन् । राजनीतिक अवसरहरु सिण्डीकेट शैलीबाट मुक्त छैन । आज पनि लाखौं युवा कामको खाजीमा खाडीका गल्ली गल्ली भौंतारिरहेका छन् । गुणस्तरिय शिक्षा छैन,भुकम्प प्रभावितको घरवासको टुंगो छैन । महंगी,भ्रष्टाचार र मनपरी तन्त्र अझै उस्तै रहेको उनिहरुको भनाई छ । त्यसैले हुनुपर्छ जनताले असली गणतन्त्र या शुषासनको अनुभुति पाएका छैनन् ।
काभ्रे मंगलटारका सुमन तामाङ भन्नुहुन्छ ‐ “शहिदको रगत खेर नजाओस् ।” तामाङ माओवादी शसस्त्र युद्धको शिलशिलामा सिन्धुपाल्चोक सदरमुकाम चौतारा आक्रमणका क्रममा ज्यान गुमाएका काभ्रे मंगलटार पिन्थलीका कुल बहादुर लामा(क्षितिज) को सम्झनामा सोमबार पिन्थली गाउँमा आयोजित १२ औं क्षितिज स्मृति समारोहमा निकै भावुक देखिनुभयो । उहाँ क्षितिजकै भाई पनि हुनुहुन्छ । उहाँको प्रश्न छ‐ “शहिदका आफन्तहरुको आँखाका परेलीहरु आझै रुझेका छन्,भन्नुहोस् अब देशमा हामीले सम्बृद्धि कहिले ल्याउने ?”
नेताहरुको रवैया नफेरिएकोले जनताले संधै खबरदारी जारी राख्नुपर्ने उहाँको भनाई छ । त्यसैले पनि उहाँले क्षितिज स्मृति प्रतिष्ठानका अध्यक्ष रहेका उहाँले तिनै प्रतिष्ठानमार्फत पिन्थली गाउँमै माओवादी,एमाले लगायतका दलका नेताहरुलाई एकै ठाउँमा डाकेरै भन्नुभयो ‐“गणतन्त्रको अनुभुति कहिले गराउने ?” उहाँले मुलुकलाई सहि दिशाबाट अघि बढानउ दवाव दिन युद्धमा बलिदान दिएका क्षितिज र वेपत्ता दावा लामा (गौरब)को परिवारलाई सम्मुख राखेर स्थानिय नेताहरुबाटै प्रतिवद्धता खोज्नुभयो ।
माओवादी केन्द्रका केन्दिय सदस्य मिन वहादुर वाईवा (ज्वाला)ले शहिदको बाटोबाट अविचलित हुने बताउनुभएको थियो । विगत सम्झदै भन्नुभयो‐‘गणतन्त्र,उत्पीडित जनताका लागि हामी एउटै मोर्चामा लडेका थियौं । उहाँले तत्कालीन शाही सरकारको क्याम्पमा उच्च साहसका साथ धावा बोल्दै हुनुहुन्थ्यो,विजयको संघारमा पुगेको बेला उहाँले सहादत प्राप्त गर्नुभयो,उहाँलाई हामी कदापी विर्सिन्नौं ।’
चौतारा आक्रमण हुदै गर्दा काठमाण्डौंमा तानाशाही राजाको कदम विरुद्ध जनता पनि एक ठाउँमा जुट्दै थिए ,गणतन्त्रको घाम उदाउदै थियो ।
“उक्त आक्रमणपछि मुलुकमा ऐतिहासिक परिवर्तनको ढोका खोलिएकोले त्यो मोर्चामा वीरतापूर्वक लडेका क्षितिजको सहादत अरु शहिदहरुको भन्दा भिन्न छ । माओवादी जनयुद्धको अन्तिम मोर्चामा सहदत प्राप्त गरेका शहिद क्षितिज लगायतका शहिदहरुको कारण मुलुकमा ऐतिहासिक परिवर्तन भएको हो,सहिद क्षितिजले देखाएको बाटोमा हामी निरन्तर लागिरहने छौं ।”‐ ज्वालाको प्रतिवद्धता ।
सोही स्मृतिसभामा सहभागि एमालेका नेता वज्रध्वज लामा पनि गम्भीर देखिनुभयो । संयौ नेपाली सपुतले रगत बगाएकै कारण संघियता,समावेशीता र गणतन्त्र आएकोले यो गर्वको कुरा रहेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ‐“माओवादी आन्दोलन र जनआन्दोलनमा काभ्रेका पनि थुप्रै सपुतहरुले बलिदान दिएका छन् ,मुलुकमा आज गणतन्त्र आएको छ,विद्या भण्डारी त्यत्तिकै राष्ट्रपति बन्न पाएको हैन,आज हामी सर्वसाधारण जनता पनि राज्य हाँक्ने ठाउँमा पुग्ने सक्छौं,यो उपलब्धीको मुल जग माओवादी शसस्त्र आन्दोलननै हो ।”
शहिदको गाउँ भनेर चिनाउन पाउँदा गर्व लागेपनि सोचेजस्तो गरी जनताले परिवर्तनको अनुभति गर्न नपाएकोमा दुख व्यक्त गर्नुहुन्छ लामा । गाँस,वास,कपासका साथै युवा रोजगार,शिक्षा,स्वास्थ्य जस्ता ग्रामिण विकासमा देश पछि पर्नुको कारण नेताहरुको अकर्मण्यता रहेको उहाँको तर्क छ । महंगी,भ्रष्टाचारको अन्त्य गरी जनतालाई शुषासनको प्रत्याभुति दिलाउन सकेमात्र लोकतन्त्र आएछ र शहिदको सम्मान भयो भनेर बुझ्न सकिने उहाँको धारणा छ ।
प्रतिष्ठानका सचिव सुनिल लामा देश उभो गतिमा लाग्न ढिलाई हुदा शहिदको सपनामाथि कुठाराघात हुने बताउनुहुन्छ । प्रतिष्ठानकै अध्यक्ष रहेका सुमन तामाङलेचाँहि शहिदको सपनालाई ताजा बनाई नेताहरुलाई सहि बाटोमा लाग्न उत्प्ररित गर्न क्षितिजको सम्मानमा एउटा सालिक बनाउने योजना रहेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ‐“क्षितिजले सहादत प्राप्त गरेको यो वैशाख १० मा १२ वर्ष भएछ,जनआन्दोलन सफल भएको पनि १२ वर्ष,१२ वर्षमा त खोलो पनि फर्किन्छ भनिन्छ । खोलो फर्केला नफर्केला थाहा भएन तर नेताहरुको व्यवहारचाँहि फर्किनुपर्यो,वर्षौं भो राज्यको मुहार फेर्ने सपना बाँडो तर काम गर्ने शैली उस्तै भो,अब त बोलेका पुरा गर्नुपर्यो, जनता संधै राजनीति ढाल नबनुन्,आज हामी ति बोली पुरा भएको हेर्न चहान्छौं,जहाँ शहिदको सपना छ ।”