• नमोबुद्ध संवाददाता

काठमाण्डौं,१० बैशाख :
ट्राफिक प्रहरीले मिटर नचलाई ठग्ने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ । ट्याक्सी चालकले उपभोक्ता ठग्ने गरेको गुनासो बढेपछि मिटरमा नजाने, उठेकोभन्दा बढी रकम असुल्ने ट्याक्सीमाथी कारबाही गर्न थालेको हो ।

काठमाडौं उपत्यकाभित्र मिटरमा चल्न नमान्ने ट्याक्सीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले धमाधम कारबाही गर्न थालेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसअघि, दैनिक १५ देखि २० ओटा ट्याक्सी कारबाहीमा पर्ने गरेको भएपनि ट्राफिक प्रहरीको सक्रियतापछि अहिले दैनिक ५० देखि ७० ओटासम्म ट्याक्सी कारबाहीमा पर्न थालेको महाशाखाका प्रवक्ता मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

ट्याक्सीमा ठगिएको गुनासो आएपछि सरकारले मिटरमा विद्युतीय बिल प्रणाली लागू गरेको छ । तरपनि यो प्रणाली पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । हाल उपत्यकामा १० हजारभन्दा बढी ट्याक्सी सन्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस !