- नमोबुद्ध संवाददाता
कुशादेवी,०९ बैशाख :
काभ्रेको पनौती नगरपालिका स्थित फुल्चोकीडाँडाको काख (विहावर) भेगमा पहिलो पटक पर्यटन महोत्सव गर्ने तयारी सुरु भएको छ । स्थापनय पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ जिल्लामा नै पहिलो पटक प्याराग्लाइडिङ सहित हुन लागेको “विहावर क्षेत्र पर्यटन महोत्सव” तयारी सुरु भएको हो ।
महोत्सव आयोजनाका लागि तयारी समिति बनाई प्रचारप्रसार थालिएको छ । टोल टोलका स्थानिय र पर्यटनका क्षेत्रमा उदार मन भएका संघसंस्थाहरुलाई सहकार्यका लागि हाह्वान गरिएको छ ।
कुशादेवी क्षेत्र सरोकार समाजको आयोजनामा बैशाख १५, १६ र १७ मा हुने महोत्सवमा कुशादेवीको नयांगाउ स्थित गुर्दुम डाडाबाट कुशादेवी बजारसम्म प्याराग्याइडिङ खेल्न पाउने गरि ११ वटा प्याराग्लाइडिङ व्यवस्थापन गरिएको छ ।
महोत्सवको अन्य आकर्षणका रुपमा ट्राउट माछा, अर्गानिक मह, दुधका विभिन्न परिकार, ढिंडो, गुन्द्रुक, मकैका पिठोका परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफुल र तिनका परिकार रहने महोत्सव आयोजना मुल समारोहका सचिव श्रीकृष्ण थापाले जानकारी दिनुभयो ।
साथै महोत्सवमा विहावर क्षेत्र कुशादेवी, रयालेका सबै टोल टोलमा स्थानिय उत्पादन सहितको एउटा एउटा आर्कषण बस्तु व्यवस्थापन गरिनेछ,जसबाट स्थानिय उत्पादनको वजार प्रवद्र्धनका लागि सकारात्मक सन्देश प्रवाह हुनेछ ।