एजेन्सी

काबुल,०९ बैशाख  :
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा परी ३१ जनाको मृत्यु भएको छ । आईतबार भएको हमलामा अरु ५४ जना घाइते भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय एक विद्यालय अगाडि रहेको मतदाता दर्ता कार्यालय लक्षित विस्फोटन गराईएको हो ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो । निर्वाचनप्रति असन्तुष्ट शक्तिले घटना गराएको हुनसक्ने स्थानिय सञ्चार माध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !