• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०४ बैशाख :
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताउनुभएको छ ।
सूचना प्राविधिले बरदान र बर्बादी दुवै निम्त्याउने भएकाले बर्बादीलाई नियन्त्रण र बरदानलाई सुरक्षित गर्न प्रस्तावित नयाँ ऐन ल्याउन लागेको उहाँले बताउनुभयो ।

सूचना प्रविधि विभागले तयार पारेको प्रस्तावित नयाँ सूचना प्रविधि ऐनको मस्यौदाबारे मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले सूचना प्रविधि व्यवसायलाई प्रस्तावित ऐनले थप बलियो बनाउन मद्दत गर्ने दावी गर्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिको नाममा राष्ट्रिय सुरक्षा र व्यक्तिगत अधिकारमाथि आँच आउनेगरी व्यवसाय गर्न कसैलाई छुट नभएको स्पष्ट पार्दै ती दुई विषयलाई मानव अधिकारसित तुलना गर्न नसकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !