- एजेन्सी,
धुलिखेल,०३ बैशाख :
भारतको हैदराबादमा ११ वर्ष पहिले मक्का मस्जिदमा भएको बम विस्फोटको अभियोगमा समातिएका ६१ जनालाई रिहा गरिएको छ ।
सन् २००७ मा हैदरावादको मिनार क्षेत्रमा अवस्थित मक्का मस्जिदमा भएको विस्फोटमा परि १६ जना मारिएका थिए ।
विस्फोटमा संलग्न भएको आशंकमा भारतीय प्रहरीले ६१ जना युवालाई हिरासतमा लिएर अनुसन्धान थालेको थियो ।
तर, उनीहरु विरुद्ध ठोस प्रमाण फेला नपरेपछि हैदरावादको तल्लो अदालतले उनीहरुलाई ११ वर्षपछि रिहा गरेको हो ।