- नमोबुद्ध संवाददाता
भरतपुर,०३ बैशाख :
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो –“सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो, मनोमानी बढ्यो ।”
सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उहाँले काम हेर्ने बताउनुभयो ।
उहाँले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताउनुभयो ।