• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०३ बैशाख :
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले तिर्नुपर्ने सेवा शुल्क फेरि निर्धारण गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवा शुल्क निर्धारणका लागि समिति गठन गरेको जानकारी गराएको छ ।

सोमबार बसेको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले सेवा शुल्क निर्धारणका लागि साउदीका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डेको संयोजकत्वमा समिति बनाएको छ । समितिले दुई महिना भित्रमा अध्ययन गरेर कुन देश जाँदा कति शुल्क तिर्नु पर्ने भन्ने प्रतिवेदन तयार गर्नेछ ।

यस्तै यही समितिलाई नयाँ गन्तव्य खोज्ने जिम्वेवारी समेत दिइएको श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिनुभयो । मन्त्री बिष्टले यसअघि नै निर्णय भएको फ्री भिसा, फ्री टिकटको निर्णय भने कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । केही दिनभित्रमा यो निर्णय कार्यान्वयनमा आउने समेत मन्त्री बिष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !