एजेन्सीकाठमाण्डौं,०२ बैशाख :
हंगेरीमा नयाँ सरकार गठनको विरोधमा शुरु भएको प्रदर्शन चर्किएको छ । हालै सम्पन्न चुनावमा भिक्टोर अरबान प्रधानमन्त्री चुनिएपछि विरोधमा हजारौ मानिसहरु सडकमा उत्रिएका छन् ।

राजधानी बुढापेष्टमा गरिएको प्रर्दशनमा सहभागीले चुनावमा धाँधली भएको भन्दै फेरि मतगणनाको माग गरेका छन् ।

६ दिनअघिको चुनावमा फिदेस्ज पार्टीले दुई तिहाई बहुमत ल्याउँदै अरबान प्रधानमन्त्री बन्नुभएको थियो ।

अरबानले भने आफ्नो पार्टीले दुई तिहाई बहुमतले चुनाव जितेकाले प्रदर्शनको औचित्य नरहेको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !