एजेन्सी,काठमाण्डौं,०१ बैशाख :
अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि संयुक्त सैन्य कारबाही गरेका छन् । बशर अल असद सरकारको रासायनिक हतियारको अड्डामा आक्रमण गरिएको अमेरिकाले जनाएको छ ।

आक्रमणका क्रममा दमास्कस र होम्स शहरमा विस्फोटको ठूलो आवाज आएको थियो । सिरियाको आधिकारिक न्यूज एजेन्सी सनाका अनुसार मिसाइल आक्रमणमा तीन सार्वसाधारण घाइते भएका छन् भने शाध संस्थानको शाखामा क्षति पुगेको छ ।

सिरियाको राजधानी मकिश्कमा आम मानिसमा अमेरिकाविरुद्ध आक्रोश देखिएको छ । हातमा सिरियाको झण्डा र बन्दुक बोकेर प्रदर्शनकारी सडकमा देखिएका छन् र प्रदर्शनमा बृद्ध, महिला र बालबालिकाका साथै युवा छन् ।

प्रतिक्रिया दिनुहोस !