- शान्ति वल
दोलालघाट,०१ वैशाख :
नयाँवर्ष २०७५ साल सुरु भएको दिन देशभर उल्लास छाएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने गर्दछन् ।
नयाँ वर्षको अवसरमा विभिन्न पर्यटकिय क्षेत्रमा चहलपहल बढेको छ । जिल्लाको दोलालघाट,धुलिखेल,नगरकोट,तेमाल,पनौती जस्ता क्षेत्रमा घुमघामका लागि आउने तथा शुभकामना अदानाप्रदानका साथै वनभोज कार्यक्रम गर्नेहरुको भिड देखिन्छ । दोलालघाट र धुलिखेलमा भने महोत्सवनै आयोजना भईरहेको छ ।
यसैबीच, नयाँ वर्षको पहिलो दिन विभिन्न ठाउँमा मेला लाग्ने गर्छ । काठमाडौंको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने वाग्द्वार, टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा विशेष मेला लाग्छ । काठमाडौंको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा स्नान गरेमा कुष्ठरोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ । भक्तपुरमा बिस्केट जात्राको रौनकता वैशाख १ गतेकै दिन बढ्ने गर्दछ ।
दोलालघाट महोत्सवमा उत्साह थप्न कानुनमन्त्री शेरवहादुर आउँदै
दोलालघाट महोत्सवको नवौं दिन अर्थात नयाँ वर्ष २०७५ को पहिलो दिन आज शनिबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरवहादुर तामाङ आउनुहुने भएको छ । मन्त्री तामाङ,नेपाल सरकारले स्थानिय क्षेत्रको पर्यटन प्रवद्र्धन तथा सँस्कृति संरक्षणमा अगाडी सार्दै गरेको नीति तथा योजनाबारेको सम्बोधनका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न दोलालघाट महोत्सवमा आउनुहुने भएको बुझिएको छ ।
अपराह्न पख महोत्सवमा मन्त्री समेत आउनेभएपछि स्थानिय उत्साहित छन् । साथै चर्चित गायक सञ्जीव प्रधान,बविन प्रधान,नवराज घोरासईनी,हास्यकलाकार महादेव त्रिपाठी लगायतले आ–आफ्नो प्रश्तुतीमार्फत नयाँ वर्षको पहिलो दिनलाई उल्लासमय बनाउनेछन् ।
महोत्सवको आकर्षणको रुपमा शुक्रबार राती पाटनबाट चर्चित “द रोयल नेपाल व्याण्ड” लाई निम्त्याई “न्यु ईयर ईभ तथा डिजे पार्टी”को आयोजना गरेको आयोजकले शनिवार हजारौं दर्शकहरु सहभागि हुने अपेक्षा लिएकोे दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लवका अध्यक्ष अष्ट श्रेष्ठले बताउनुभयो ।
अन्य निदको तुलनामा शुक्रबारदेखी महोत्सव अवलोकनकर्ताको भिड देखिएका छन् । नयाँ वर्ष र यो पाली महोत्सव पनि चलिरहेकोले पर्यटकहरुले दोलाघाटका सबै होटलहरु भरिभराउ छन् ।
“प्राकृतिक,साँस्कृतिक,कृषि र व्यापार,दोलालघाट पर्यटन प्रवद्र्धन विकासको आधार” भन्ने नाराका साथ शुक्रबारदेखी जारी महोत्सवमा आउनेहरुले सुनकोशीमा रयाफ्टिङ (बोटिड्ड) को मज्जा लिन सक्नेछन् । साथै हेलिकप्टरबाट विभिन्न प्राकृतिक सुन्दरता र धार्मिक स्थलहरुको अवलोकन गर्ने व्यवस्था गरिएको छ ।
महोत्सवमा अन्य आकर्षणका रुपमा उद्योग÷व्यापार स्टलहरु , बाल उद्यान रमाइलो मेला, चमेना गृह, स्वास्थ्य शिविर,कृषि प्रदर्शनी , सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकार सम्मान, नृत्य प्रतियोगिता लगायत पनि छन् ।