- नमोबुद्ध संवाददाता
कैलाली,३० चैत :
घरेलु टोली टिम चौराहा धनगढीले दोस्रो संस्करणको धनगढी प्रमियर लिग डीपीएल क्रिकेटको उपाधि जितेको छ । बलियो पतिस्प्रधी काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै चौराहाले उपाधि जितेको हो ।
पहिलो संस्करणको उपाधि पनि चौराहाले जितेको थियो । योसँगै चौराहाले २५ लाख रुपैयाँ प्राप्त गरेको छ भने काठमाडौंले १० लाख रुपैयाँमा चित्त बुझाएको हो ।
लिग चरणका सवै खेल जितेर विजेताका रुपमा क्वालिफायर प्रवेश गरेको काठमाडौं पहिलो क्वालिफायर र शुक्रबारको फाइलनमा चौराहासँग स्तब्ध बनेको हो । चौराहाले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रनमात्र बनाउन सकेको हो ।
प्रतियोगिताको मोष्ट म्यालुएवल प्लेयरको उपाधि हात पार्दै टिम चौराहाका ललित भण्डारीले सुनको जुत्ता हात पार्नुभएको छ भने प्लेयर अफ द सिरिज भने चौराहाका रोहन मुस्तफा घोषित हुदै उहाँले मोटरसाईकल प्राप्त गर्नुभएको छ ।