• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०७ चैत :
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक रेडियोका मुद्दालाई प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ । काठमाडौँमा शुक्रबार भएको एक कार्यक्रममा मन्त्री बास्कोटाले आम नागरिकको चेतना अभिवृद्धि गर्न सामुदायिक रेडियोले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउदै तिनका मुद्दा नीति उठाउन लागिपर्ने बताउनुभएको हो ।
मन्त्री बास्कोटाले स्थानीय तहले सामुदायिक रेडियोसँग मिलेर आफ्ना जनतालाई सूचना आदानप्रदान गर्न सक्ने धारणा राख्दै सामुदायिक रेडियोलाई लोक कल्याणकारी बिज्ञापन सरल ढङ्बाट उपलब्ध गराउन आफू लागिपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै धुलीखेल नगरपालिकाका प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्यन्जुले सामुदायिक रेडियोसँग मिलेर बढ्न स्थानीय तहहरु तयार रहेको जानकारी दिनुभयो । स्थानीय तहले एफएम रेडियो सञ्चालन गर्नुपर्छ भन्नेमा आफ्नो मत नरहेको बताउँदै उहाँले सञ्चालन गर्दा समस्या भने नहुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !