- नमोबुद्ध संवाददाता
ललितपुर,०८ चैत ः
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ । ललितपुरको सानेपामा विहिबारबाट सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमीको प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
४१ प्रतिशत महिला निर्वाचित भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अब कानुनी रुपमा पुरुष सरह नै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाब हुन नदिने पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले महिलालाई प्रतिष्पर्धी क्षमताको विकासतर्फ अग्रसर हुन समेत आह्वान गर्नुभयो ।
महिलाले आरक्षणभन्दा पनि पुरुषसरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले महिलालाई सवल बनाएर मात्रै मुलुकलाई अघि बढाउन सक्ने स्मरण गराउनुभयो ।