
- विविसी
धुलिखेल,०८ चैत :
सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गर्नुभएको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गर्नु भएको हो ।
उहाँले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त पनि व्यक्त गर्नुभएको छ । उहाँले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकका बीच जे भएको छ त्यो विश्वासघात नै भएको बताउनुभयो । फेसबुकमा डाटा चोरी भएको खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको थियो ।