• किरण थापा 

सिन्धुपाल्चोक,०८ चैत :
मेलम्ची खानेपानी आयोजनाले तलब नदिएको भन्दै सडक मर्मतमा खटिएका मजदुरहरु आन्दोलित भएका छन् । सडक मर्मतमा खटिएका १२ जना मजदुरले पाँच महिनादेखि तलब नपाएको भन्दै बुधबार बिहानबाट मेलम्चीदेखि सुरुङसम्मको खण्डमा आयोजनाका गाडी चल्न दिएका छैनन् ।
लामो समयसम्म तलब नपाएको र पाउने÷नपाउने पनि निश्चित नभएकोले आन्दोलन गर्नुपरेको मजदुर बुद्धिबहादुर ज्योतीले बताउनुभयो । उत्सव निर्माण समितिले तलब नदिँदा आफूहरु मर्कामा परेको अर्का मजदुर खडानन्द चालिसेले बताउनुभयो । उनीहरु दैनिक ४ सय ५० रुपियाँ पाउने गरी निर्माणको काममा खटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस !