- नमोबुद्ध संवाददाता
धुलिखेल,०८ चैत :
यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) काभ्रेपलाञ्चोक सहित देशभर विहिबारदेखि सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुुसार यसपटक नियमित र एक्जाम्टेड समूहबाट गरेर कुुल चार लाख ८७ हजार परीक्षार्थी सहभागी भएका छन् । गत वर्ष चैत ३ देखि १४ गतेसम्म चलेको परीक्षामा पाँच लाख ३८ हजारले परीक्षा दिएका थिए ।
यसवर्ष काठमाडौं जिल्लामा सबभन्दा बढी ३५ हजार ५ सय १० र सबभन्दा थोरै ६२ जना विद्यार्थी मनाङबाट सहभागी भएका छन् । यस वर्ष एकहजार नौ सय ५६ वटा परीक्षा केन्द्र तोकिएको छ । जुुन गत वर्षको भन्दा ३३ वटा बढी हो । उपत्यका र तराईका जिल्लामा ३ सय विद्यार्थी बराबर १ केन्द्राध्यक्ष, त्यसैगरी १५० विद्यार्थी बराबर १ जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर १ निरीक्षक, २० जना परीक्षार्थी बराबर १ कार्यालय सहयोगी तथा प्रति परीक्षाकेन्द्रमा १५ जना सुरक्षाकर्मी खटाइएको छ ।
कक्षा दशको पाठ्यक्रम परिवर्तन भएसँगै प्रयोगात्मक विषय पनि थपिएका छन् । अनिवार्य ६ वटा विषयमध्ये पाँचवटामा प्रयोगात्मक हुुनेछ । ऐच्छिक विषयमा पनि प्रयोगात्मक राखिएको छ । नेपालीमा कुुल एक सय पूर्णाङ्कमध्ये ७५ नम्बरको सैद्धान्तिक र २५ नम्बरको प्रायोगात्मक हुुनेछ । यसपटकको परीक्षामा सामान्य धार, संस्कृत र प्राविधिक धारका समेत गरी ८८ वटा विषयको परीक्षा हुुदैछ । सैद्धान्तीक र प्रयोगात्मक गरी परीक्षा चैत २० गतेसम्म सञ्चालन हुुनेछ ।