• नमोबुद्ध संवाददाता

काठमाण्डौं,३० फागुन :
प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त हुनुभएको छ । विभिन्न विवादमा मुछिएका प्रधानन्यायाधीस बर्खास्तीमा पर्नुभएको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुग्नुभएका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै उमेर हदका कारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ । परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । सोही प्रावधानमा टेकेर परिषद्ले पराजुली गत साउन २१ मै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराएको छ । परिषद्को बुधबारकै सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !