• नमोबुद्ध संवाददाता

भक्तपुर,२६ फागुन :
विश्वसामु नेपाल र नेपालीको शिर उचो बनाउने मुख्य गर्विलो पहिचान हो ‘बुद्धको जन्मभुमि नेपाल’ । यिनै सन्देश बोकेर सगरमाथा आरोहणको तयारीमा रहनुभएका शर्मिला स्याङतानलाई सहयोगी हातहरु जुट्दैछन् ।
तामाङ समुदायमा प्राविधिक दृष्टिले ‘म्लाङ प्वाहर’ जस्ता अब्बल चलचित्र बनाएर चर्चा कमाएका विकु थोकर अहिले दिल खोलेर स्याङ्तानको अभियानमा अपनत्व बोकेर लाग्नुभएको छ । रंगकर्मसंगै ग्रामिणभेगसम्म सामाजिक अभियानमा उत्तिकै तल्लिन थोकरले शनिबार आज भक्तपुरमा राष्ट्रिय चार्चित कलाकारहरुलाई स्टेजमा उभ्याउदै हुनुहुन्छ ।
कार्यक्रमबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो–‘सगरमाथा आरोहणको तयारीमा जुट्नुभएका शर्मिला स्याङतानको सहयोगार्थ साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।’
आफ्नै थोकर फिल्म प्रा.लिको आयोजनामा सुर्यविनायक स्थित अजिमा पार्टी प्यालेसमा हुने कार्यक्रम दिनभर चल्ने उहाँले जानकारी दिनुभयो ।
वृहत कन्सर्टमा तामाङ तथा ह्योल्मो समुदायदेखी राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म चर्चा कमाईरहेका कुन्ति मोक्तान,चन्द्रकुमार दोङ,सञ्जिव वाईवा,विश्व दोङ,शसिकला मोक्तान,विजय लामा,रोज मोक्तान,विशाल काल्तान,डोल्मा ह्योल्मो लगायतका कलकारहरुले मञ्च तताउदैछन् ।
थोकर थप्नुहुन्छ–‘शर्मिलाले आँटेको काम हामी सबैको सरोकारको विषय हो, आपसी भाईचारा र वन्धुत्वको अभिवृद्धि भएमा आरोहणका लागि लाग्ने लाखौं खर्च जुटाउन मुस्किल नपर्ला,त्यसमा हामीले झकझकाउन खोजेका हौं ।’

प्रतिक्रिया दिनुहोस !