• नमोबुद्ध संवाददाता

धुलिखेल, २३ फागुन  :
‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ धुलिखेल रंगशालामा बुधबारबाट काभ्रे महोत्सव सुरु भएको छ । धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गर्नुभयो ।
महोत्सव उद्घाटन गर्दै मन्त्री यादवले उद्योगधन्दा तथा व्यवसाय प्रवद्र्धनका लागि यस्ता महोत्सवले उत्प्रेरणा मिल्ने बताउनुभयो । उहाँले अबको सरकार पनि उद्योगधन्दाको विकासका लागि कटिबद्ध रहेकोले यसमा साथ दिन आग्रह गर्नुभयो।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र वस्तुका १५० वटा स्टलहरू छन् । महोत्सवमा अवलोकनकर्ता तथा दर्शक बढाउन चर्चित कलाकारहरुलाई उपस्थित गराई साँंगीतिक कार्यक्रम पनि गर्ने तयारी भईरहेको छ ।

आयोजकले काभ्रेपलाञ्चोक लगायत काठमाडाँैं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका गरी एक लाख ५० हजार जना भन्दखा बढिले अवलोकन गर्ने अनुमान गरेको छ । साथै महोत्सवमा पाँच करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस !