• नमोबुद्ध संवाददाता

जनकपुर,१० फागुन :
मधेसी दलहरुको गठबन्धनले बनाएको प्रदेश नम्बर २ को सरकारलाई प्रमुख विपक्षी दल एमालेले समर्थन जनाएको छ ।
एमाललेले देशलाई अब सवृद्धिको बाटोमा हिडाउँनुपर्ने भन्दै त्यसका लागि स्थीर सरकारका चाहिएकोले विश्वासको मत दिएको बताएको छ ।

प्रमुख विपक्षी दलका नेता सत्यनारायण मण्डलले एमाले प्रदेशका जनताको पक्षमा रहेकोले आफ्नो पार्टी सरकारमा सहभागि नभएपनि सरकारलाई विश्वासको मत दिने घोषणा गर्नुभयो ।

कांग्रेसका नेताहरुले भने एमालेको यसे कदमको आलोचना गरेका छन् । काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले भन्नुभयो– ‘प्रतिपक्षमा बस्ने, विश्वासको मत दिने ?’

संघिय समाजवादी फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनु पर्ने थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत माग्नुभएको थियो । प्रमुख विपक्षी दलकै विश्वासको मत पाउन मधेस सरकारका लागि शुभसंकेत रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !