• नमोबुद्ध संवाददाता

डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गर्नुभएको छ । डा. केसीका तर्फबाट शशीविक्रम कार्की, प्रितम सुवेदी र सागर घिमिरेले जिल्ला प्रशासन कार्यालय दमौलीमा पुगेर निवेदन दर्ता गरेका हुन् ।

डा. केसीले वारेशनामा मार्फत् दर्ता गराउनुभएको निवेदनमा प्रधानन्यायाधीसको उमेर फरक परेकोप्रति आसंका गर्नुभएको छ । प्रधानन्यायाधीश पराजुलीले पहिलोपटक २०३० सालमा लिएको नागरिकतामा उमेर २१ वर्ष कायम गरेको र २०६७ मा लिएको प्रतिलिपीमा जन्ममितिको पूरा विवरण राखेको भन्दै यसमा उमेर फरक पर्नुको कारण बुझ्न जिल्ला प्रशासनमा निवेदन दर्ता गरेको केसीका प्रतिनिधिले कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !