- नमोबुद्ध संवाददाता
कल्याणपुर,लहान, १९ माघ :
हामी धेरैलाई थाहा छ , मोवाईल सञ्चारले मानव जीवन निकै सहज बनाईदिएको छ । यद्यपी यसका नकारात्मक असरको बारेमा पनि हामी कोही जानकारनै छौं । यसको अधिक प्रयोगले मष्तीस्क र शरिरको रक्तसञ्चार प्रक्रिया लगायतमा खतरनाक असर देखिन थालेको कुरा विभिन्न अध्यनहरुले पुष्टि गरिसकेको छ ।
मोवाईल फोन तथा फेसबुकबाट अपरिचीत व्यक्तिहरुसंग सिधा सहजै सम्पर्क भई नजिकिदा चोरी,लुटपाट,बलात्कार,अबैध सम्बन्धका साथै आपराधिक घटनाहरु पनि भईनैरहेका छन् । साथै चाँडो विवाह भएका,सहज सम्पर्कका कारण एकभन्दा बढिसंग प्रेमको नाटकमा परी इञ्जतमा धज्जी लागेका,अश्लील गीतसंगीत तथा भिडियो हेर्ने क्रम बढेका र त्यसले नकारात्मक असरहरु निम्तीने जस्ता समस्याहरु पनि विकराल बन्दै गएका छन् ।
मोवाईल फोन तथा फेसबुकबाट अपरिचीत व्यक्तिहरुसंग सिधा सहजै सम्पर्क भई नजिकिदा चोरी,लुटपाट,बलात्कार,अबैध सम्बन्धका साथै आपराधिक घटनाहरु पनि भईनैरहेका छन् ।
बालबालिका तथा वयस्कहरु सुचना प्रविधिमार्फत नयाँ कुराहरु छिट्टै जान्न चहाने जिज्ञासु स्वभावका हुन्छन् । तर यो उमेर समुहका मानिसलाई मोवाईल फोनको प्रयोगले सकारात्मक भन्दा नकारात्मक असर बढि देखिने गरेको छ ।
यस्तो अवस्थामा नेपालमै पहिलोपटक सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा १६ वर्ष मुनिकालाई मोवाईल प्रयोगमा रोक लगाईएको छ । वडा नम्बर –५ का अध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नगरपालिका वडा नं ४, ५ र ६ मा मोवाईल चलाउन नदिने निर्णय गरेको हो ।
मोवाईल फोन तथा फेसबुकबाट अपरिचीत व्यक्तिहरुसंग सिधा सहजै सम्पर्क भई नजिकिदा चोरी,लुटपाट,बलात्कार,अबैध सम्बन्धका साथै आपराधिक घटनाहरु पनि भईनैरहेका छन् ।
ति क्षेत्रका बजार पसल या मोवाईलमा अश्लील गीत–सङ्गीत बजाएमा पाँच हजार र मोबाइल प्रयोग गरेको पाइएमा पहिलो पटक ५०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ ।
बाबालिका तथा वयस्कहरुले अधिक मोवाईल चलाउदा सामाजिक विकृतिहरु पनि निम्तीन थालेको भन्दै स्थानिय प्रशासन यसप्रति चनाखो बनेको हो ।