- नमोबुद्ध संवाददाता
नवलपुर,सिन्धुपाल्चोक,०९ पुस :
२८५४ औं (नागी ल्हो) सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमका साथ इन्द्रावती गाउँपालिकास्थित नवलपुरमा पनि मनाईदै छ । उच्च हिमाली भेगका स्थानियले फागुनमा ल्होछार मनाउने तयारी गर्दैछन् । यद्यपी जिल्लाको तल्लो भेगका केहि तामाङ समूदायले घरघरमा दज्र्यु,लुङ्दर फर्फराई,आफन्तजन भेटघाट गरी शुभकामना आदानप्रदानका साथ ल्होछार मनाईरहदा साँस्कृतिक कार्यक्रम पनि हुने भएको छ ।
संस्कृति संरक्षण र सम्वद्र्धनका लागि जनचेतना प्रवाह गर्न यहि माघ २२ गते वृहत कन्सर्ट गर्न लागेको नवलपुर युनाइटेड क्लबका कोषाध्यक्ष फुलमान तामाङले जानकारी दिनुभयो ।
कन्सर्टमा बरिस्ठ सेलो पप गायक रोज मोक्तान , गायिका शशिकला मोक्तान, निर्मला घिसिङ, गायक तथा संगीतकार विशाल कल्तान, नव गायक आशमान लोप्चन,प्रयास दोङ, नव गायिका जितु लोप्चनले स्टेज तताउनेछन् । साथमा स्थानीय कलाकारहरुको गीत तथा नृत्य प्रस्तुति समेत रहने आयोजकले जनायो ।
‘युवालाई आफ्नो मौलिक संस्कृतितिर तान्न यसले सघाउने छ ।’ –आयोजक क्लवका अध्यक्ष चिन लामाले भन्नुभयो । उहाँले सोही कार्यक्रमको अवसरमा गाउँको सामाजिक,साँस्कृतिक तथा युवा खेलकुदका क्षेत्रमा योगदान दिएका विभिन्न क्लब तथा समाजसेवीहरुलाई सम्मान गरिने पनि उल्लेख गर्नुभयो ।