• नमोबुद्ध संवाददाता

काभ्रे,०८ पुस : यो पटक वेथानचोक गाउँपालिका वडा नम्बर ६ गोलगाउँवासीले भव्यताका साथ ल्होछार(नयाँ वर्ष) मनाएका छन् । २८५४ औं खि(कुकुर वर्ग) सोनाम ल्होछार लुङ्दर दज्र्यु फहराउनुका साथै आफन्तजन,ईष्टमित्र भेटघाट,शुभकामना आदानप्रदान,तामाङ परिकार भोजन तथा नाचगानका साथ मनाईएको स्थानिय वुद्धिजीवि शेखर तामाङले जानकारी दिनुभयो । उहाँकै पहलमा गाउँलेहरु यसरी औपचारिक रुपमा ल्होछार उत्सवमा जुटेका हुन् ।

वुधबार बौद्ध जागरण केन्द्रका अध्यक्ष सुर्य लोप्चन लगायतका लामाहरुद्धारा ल्होछारको महत्वका बारेमा प्रवचन,पुजापाठ,मोलम प्रदानका साथै नाचगानका कार्यक्रम समेत गरिएको छ ।

प्रतिक मोक्तान,सागर स्याङतान,मियाङ लामा,सिर्जना तामाङ,शिवु लामा लगायतका कलाकारहरुको साँगीतिक प्रश्तुतीले कार्यक्रमलाई उत्सवमय बनाउन सघायो । उनिहरुले केहि आफ्ना केहि पुराना सर्जकका,चलेका तामाङ सेलो गीतमा स्थानिय बालबालिकादेखी वृद्धवृद्धासम्मलाई नचाए । नव गायक सागरले आफ्नो प्रश्तुती दिएपश्चात भन्नुभयो –‘सांगितीक कार्यक्रममा प्रश्तुती दिएको यो मेरो पहिलो अनुभव हो, यसपालीको ल्होछार खुवै रमाईलो लाग्यो ।’

कार्यक्रममा स्थानिय बालबालिकाहरुले नृत्य पनि प्रश्तुत गरे । गाउँमा यसरी भेला भएर ८ वर्ष पहिलेदेखीनै ल्होछार मनाउन थालिएपनि यो पटकको ल्होछार भने उत्सवझैं भव्य लागेको स्थानिय मानकुमारी तामाङले बताउनुभयो । आफन्तजन,दिदीवहिनी एकै थलोमा भेटघाट,नाचगान गरी नयाँ वर्षको स्वागत गर्न पाउँदा स्थानिय शान्ति वाईवाले पनि खुसी व्यक्त गर्नुभयो ।

युवा पश्चिमा संस्कृतिप्रति आकर्षित हुदै गरेको यो जमानामा मौलिक संस्कृति प्रवद्र्धनमा संस्थागत प्रयास भए सकारात्मक परिवर्तन आउने उल्लेख गर्दै गोलगाउँ ल्होछार आयोजक समितिका अध्यक्ष समेत रहनुभएका वुद्धिजीवि शेखर लामाले भन्नुभयो– “यो आफ्नो संस्कृतिप्रतिको चिन्तन हो र उत्सव पनि ।”

स्थानियको यो खुसीयालीमा काभ्रे क्षेत्र नम्बर १ का सांसद गंगावहादुर दोङ(वमध्वज),प्रदेश सांसद चन्द्र लामा,माओवादी केन्द्रको काभ्रे काठमाण्डौं संघिय सम्पर्क मञ्चका अध्यक्ष पदम वहादुर लामा,संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य अरुण ग्लान,वडाध्यक्ष लगायत नीतिगत तहतप्काका व्यक्तिहरुले पनि साथ दिए ।

सांसद द्धयले आदीवासी जनजाती तामाङ समुदायको मात्र नभई सबै जातजातीका लागि लड्ने बताए । साथै महांकाल गोलगाउँवासीको हितका लागि पनौतीबाट टोड्के भञ्ज्याङ हुदै छोटो दुरीमा महांकाल छिचोल्ने ट्रयाक छिट्टै खोल्ने प्रतिवद्धता जनाए ।

माओवादी नेता पदम लामाले गाउँमा विकास निर्माणको आवश्यकताप्रति स्थानिय चनाखो हुनु र सामुहिक ल्होछारको आयोजना हुनुलाई स्थानियमा आएको सांस्कृतिक जागरणको रुपमा लिनुहुदै यसले पहिचानको मुद्धा स्थापित गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

धर्मनिरपेक्ष राज्य घोषणासंगै आएको साँस्कृतिक जागरणकै कारण स्थानिय आदीवासी जनजाती तामाङ समुदाय आफ्नोपनमा रम्न थालेका हुन् ।सोही दिन उर्गेनटासी पेमा छ्योअीलिङ गुम्बाको उद्घाटन समेत गरिएको आयोजकले जानकारी दिएको छ ।

फोटो : राजकुमार गोले

प्रतिक्रिया दिनुहोस !