-
नमोबुद्ध संवाददाता
न्युर्योक– सन् २००२ मा न्युयोर्क राज्यमा बिधिवत दर्ता गरी स्थापना भएको तामाङ सोसाईटी अफ अमेरिकाले न्युयोर्क र आसपासका तामाङहरुलाई मात्र समेट्दै आएकोमा अव अमेरिका हुँदै उत्तर अमेरिकामा बसोबास गर्ने तामाङहरुलाई समेत सँस्थाभित्र अटाउँने गरी बिस्तारित भएको छ । न्यूयोर्कमा आईतबार सम्पन्न दुई दिने उतर अमेरिका तामाङ सम्मेलनबाट आयोजक तामाङ सोसाईटी अफ अमेरीकाको कार्यक्षेत्र बिस्तार गरिने निर्णय भएको हो ।
तामाङ सोसाईटी अफ अमेरिकाको कार्यक्षेत्र फराकिलो भएको छ ।
सम्मेलनमा अमेरिकाका १३ वटा राज्यबाट १ सय २४ जना प्रतिनिधीहरु र १३ जना पर्यवेक्षक तथा नेपाल, जापान र कुवेत गरी सातजना अन्तराष्ट्रिय सहित १ सय ३७ जनाको सहभागिता रहेको आयोजकले जानकारी दिएका छन् । १५ सदस्यीय नयाँ कार्समिती सर्वसम्मत चयन गरी सम्पन्न सम्मेलनको नारा ‘बलियो समाज निर्माणको लागि सँगै अघि बढौं’ भन्ने रहेको थियो । नयाँ कार्यसमितीको अध्यक्षमा लक्यान लामा तामाङ सर्व सम्मत चयन भएका छन् ।
अन्य पदाधीकारीहरुमा वरिष्ठ उपाध्यक्ष क्यालिफोर्नियाबाट शेर थोकर तामाङ, नर्थ ईस्ट रेजनल उपाध्यक्ष न्यूयोर्कबाट मनमोहन वाईबा तामाङ, वेस्ट कोस्ट रेजनल उपाध्यक्ष क्यालिफोर्नियाबाट टेक वाईबा तामाङ, साउथ रेजनल उपाध्यक्ष ईलिनोसबाट सिर्जना घ्लान तामाङ रहेका छन् । त्यस्तै, महासचिव क्यालिफोर्नियाबाट डोल्मा घिसिङ तामाङ, सचिव न्यूयोर्कबाट प्रेम स्याङतन तामाङ, कोषाध्यक्ष न्युयोर्कबाट नाम्गेल लामा तामाङ, सह-कोषाध्यक्ष न्युयोर्कबाट उमा तामाङ, मिडिया कोअर्डिनेटर न्युजर्सीबाट ङिमा पाख्रिन तामाङ रहेका छन् ।
सम्मेलनमा पूर्व राजदुत डा. गणेश योञ्जनले तामाङको सामाजिक, राजनीतिक अवस्थाको बारेमा, भाषाविद अमृत योञ्जनले तामाङ भाषा र लिपीको बारेमा र मिङमार तामाङले तामाङको आर्थिक पक्षको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यसमितीका सदस्यहरुमा पेन्सलभेनियाबाट मथु लामा तामाङ, टेक्सासबाट सूर्य मोक्तान तामाङ र शंकर तामाङ, मिनिजोटाबाट डिम्पल योन्जन तामाङ र क्यालिफोर्नियाबाट गोबिन्द लामा तामाङ रहेका छन् । नेत्र घिसीङ तामाङको संयोजकत्वमा सदस्यहरु पवन योन्जन र बिनिता तामाङ सम्मिलित तीन सदस्यीय निर्वाचन समितीले महत्वपुर्ण भुमिका निर्वाह गर्दै नयाँ कार्यसमिति चयन गरिएको हो ।
उत्तर अमेरिकी तामाङ सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल सरकारका महाबाणिज्यदूत मधुकुमार मरासैनी, नेपाल आदिवासी जनजाति महासँघ अमेरिकाका लुईसाङ वाईबा, तामाङ सोसाईटी अफ अमेरिकाका संस्थापक अध्यक्ष सुवास लामा, तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान, नेपाल तामाङ घेदुङ कुवेतका सल्लाहकार राम लामा, जापानका लागि पूर्व नेपाली राजदूत डा. गणेश योञ्जन, भाषाविद् अमृत योञ्जन, तामाङ सोसाईटी अफ अमेरिकाका पूर्व अध्यक्षहरु राम तामाङ, ईन्द्र तामाङ, भरत मोक्तान, सूर्य तामाङ लगायतको सहभागिता रहेका थिए ।
सम्मेलनमा पूर्व राजदुत डा. गणेश योञ्जनले तामाङको सामाजिक, राजनीतिक अवस्थाको बारेमा, भाषाविद अमृत योञ्जनले तामाङ भाषा र लिपीको बारेमा र मिङमार तामाङले तामाङको आर्थिक पक्षको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । आईतबार साँझ ब्रजेश मोक्तान तामाङको संयोजकत्वमा साँस्कृतीक कार्यक्रम डम्फु साँझ सफल सम्पन्न भयो । डम्फु साँझ साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट न्युयोर्क आईपुगेका अतिथी कलाकार गायक सागर वाइवा तामाङले म्हेन्दोमाया, साईकोले, सेलो लगायत प्रस्तुत गर्दा अधिकाँश नाच्न झुमेका थिए ।
कार्यक्रममा गायक संजोग योञ्जन, गोमा योन्जन लगायतका स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । सोही कार्यक्रममा पत्रकारहरु मानछिरीङ तामाङ र मच्छे गुरुङलाई प्रशंसापत्र प्रदान गरिएका थिए । बिस्तारित तामाङ सोसाईटी अफ अमेरिकाको नाम परिमार्जन गरी ‘तामाङ सोसाईटी अफ उत्तर अमेरिका’ रहने नवनिर्वाचित अध्यक्ष लक्यान लामाले बताएका छन् ।