-
नमोबुद्ध संवाददाता
काभ्रे, २ पुस ः यो पटक पनि वेथानचोक गाउँपालिका वडा नम्बर ६ गोलगाउँवासी भव्य ल्होछार उत्सवको तयारीमा जुटेका छन् । नयाँ वर्ष २८५४ औं खि(कुकुर वर्ग) ल्होछार सुरु भएको अवसरमा लुङ्दर दज्र्यु फहराउनुका साथै आफन्तजन,ईष्टमित्र भेटघाट,शुभकामना आदानप्रदान,तामाङ परिकार खाई रमरमाईलोका साथ सोनाम ल्होछार मनाउने तयारी भईरहेको स्थानिय शिक्षक शेखर तामाङले जानकारी दिनुभयो । युवा पश्चिमा संस्कृतिप्रति आकर्षित हुदै गरेको यो जमानामा मौलिक संस्कृति प्रवद्र्धनमा संस्थागत प्रयास भए सकारात्मक परिवर्तन आउने उल्लेख गर्दै उहाँले भन्नुभयो– “यो आफ्नो संस्कृतिप्रतिको चिन्तन हो र उत्सव पनि ।”
उहाँका अनुसार यो पटक माघ ३ गते वुधबार बौद्ध जागरण केन्द्रका अध्यक्ष सुर्य लोप्चन लगायतका लामाहरुद्धारा पुजापाठ,मोलम प्रदानका साथै नाचगानका कार्यक्रम समेत तय गरिएको छ ।साथै प्रतिक मोक्तान,सागर स्याङतान,मियाङ लामा,सिर्जना तामाङ,शिवु लामा लगायतका कलाकारहरुले साँगीतिक प्रश्तुती दिनेछन् ।
स्थानियको यो खुसीयालीमा काभ्रे क्षेत्र नम्बर १ का सांसद गंगावहादुर दोङ(वमध्वज),प्रदेश सांसद चन्द्र लामा,संघिय समाजवादी फोरमका जिल्ला ईन्चार्ज सोनी लामा,गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सीना लगायत नीतिगत तहतप्काका व्यक्तिहरुले पनि साथ दिनेछन् । सोही दिन उर्गेनटासी पेमा छ्योअीलिङ गुम्बाको उद्घाटन समेत गरिने आयोजकले जानकारी दिएको छ ।
धर्मनिरपेक्ष राज्य घोषणासंगै आएको साँस्कृतिक जागरणकै कारण स्थानिय आदीवासी जनजाती तामाङ समुदाय आफ्नोपनमा रम्न थालेका हुन् । मुलुकमा गणतन्त्र स्थापनादेखी यसरी खुलेर ल्होछार मनाउन थालेका स्थानिय बताउँछन् ।