-
नमोबुद्ध संवाददाता
धुलिखेल, २३ पुस : काभ्रेबाट निर्वाचित प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रदेश तीनको राजधानी काभ्रेनै हुने दावी गर्नुभएको छ । काठमाण्डौं उपत्यकामै प्रदेशको राजधानी बनाउने तयारी सरकारले गरिरहेको भन्ने हल्ला मात्रै भएको उहाँको भनाई छ ।
रेडियो नमोवुद्धको विहानी वहस “नमोवुद्ध डवली”संग आईतबार उहाँले भन्नुभयो–“भ्रमको पछि लनाग्नु,प्रदेशको राजधानी काभ्रेनै हुन्छ ।” आफूले निर्वाचनको दौरानमा पनि जनतामाझ यहि एजेण्डा लिएर गएकोले यो एजेन्डा पारित गराउन प्रदेशसभाको वैठकमा त्यो भुमिकाबाट नचुक्ने प्रतिवद्धता जनाउनुभयो । “अन्य जिल्लाबाट प्रदेशसभाका लागि चुनिएका अन्य साथीहरुसंग पनि अनौपचारिक छलफल भईरहेकै छ, अब सपथग्रहणपछि हामी आफ्नो फोरममा यो कुरा उठाउँछौं ।” उहाँले जानकारी दिनुभयो ।
१२ वटा जिल्लाको माझको भौगोलिक अवस्थीतिमा काभ्रे रहनु,सडक सञ्जाल दुई छिमेकी मुलुसंगै जोडिएको,कृषि तथा औद्योगिक क्षेत्रले फड्को मार्दै गरेको,आईटी पार्क,भकुण्डे,पाँचखाल जस्ता फराकिला र खाली जग्गा हुनु र तत्काल प्रशासनिक कार्य सञ्चालनका लागि भौतिक संरचनाहरु तयार अवस्थामा रहनु जस्ता आधारले काभ्रे निर्विकल्प प्रदेशको राजधानी हुनुपर्ने प्रदेश सांसद लम्सालको तर्क छ ।
उहाँको बिश्वास छ –“काठमाण्डौं उपत्यका बाहिर प्रदेश राजधानी बनाउने सवालमा अरु १२ जिल्लाले पनि दावी गर्लान,गर्न पाउँछन् तर व्यवहारिक,सहज तथा पायक पर्ने हिसावले काभ्रेनै हो, मलाई लाग्छ,यसमा अरु ठाउँबाट विरोधको स्वर आउने छैन ।”