• नमोबुद्ध संवाददाता

धुलिखेल,काभ्रे १८ पुस : गत आइतबार विपि राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेत सडक खण्डमा बसको ठक्करबाट घाईते भएकी फुलमाया तामाङको मृत्यु भएपछि स्थानिय आक्रोसित भएका छन् ।

तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा मंगलबार विहान मृत्यु भएपछि पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै बिपि राजमार्गको धुलिखेल भकुण्डे सडक खण्ड अबरुद्ध पारेका छ्न ।

स्थानिय र आक्रोसित स्थानियबिच झडप समेत भएको र नियन्त्रणमा लिन ६ सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै प्रहरीले बल प्रयोग गरि स्थानियले अबरुद्ध पारेको राजमार्ग खुलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

यसैबिच स्थानियले पिडित पक्षको कुरा नसुनी घर घरमै पसेर प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् । उचित क्षतिपूर्तिविना आफुहरु चुप लागेर बस्न नसकिने उनिहरुको भनाई छ । गत आईतबार बा ३ ख ५९५५ नम्बरको बसबाट ओर्लिनेक्रममा तामाङलाई सोही बसले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस !