• नमोबुद्ध संवाददाता

धुलिखेल, काभ्रे, ०८ पुस : नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युत पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश पास गरी अगाडी बढ्नुको विकल्प नभएको बताउनुभएको छ । अध्यादेश बनाई राष्ट्रपतिकोमा पुर्याउनु सरकारको अधिकार रहेको उल्लेख गर्दै उहाँले अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपति विद्या भण्डारीलाई आग्रह समेत गर्नुभयो ।

रेडियो नमोवुद्धको विहानी वहस‘नमोवुद्ध डबली’मा पछि संसदले फेल खुवायो भने के हुन्छ स्थीति भनेर सोधेको प्रसंगमा उहाँले भन्नुभयो–‘ हो फेल खुवाउन सकिन्छ तर त्यो खेलमा लाग्नुहुन्न । ’

राजनीतिक सहमतिको जत्ति रटान दिएपनि राष्टपतिले त्यो विधेयक पास गर्नुपर्ने पौडेलको जीकिर छ । यदि फिर्ता गरेमा दलहरुबिचको विश्वासमा प्रश्नचिन्ह खडा हुने र यसले नेपालको राजनीतिक छवि अन्तराष्ट्रिय रुपमै विग्रीने उहाँको भनाई छ ।

राष्ट्रियसभा बहुमतिय कि एकल संक्रमणिय कुन पद्धतिबाट गठन गर्ने भन्ने कुरा संविधानमा उल्लेख नहुनुलाई दलहरुको कमजोरीको रुपमा लिनुपर्ने उहाँको तर्क छ ।
उहाँले सरकार गठनको विषयमा भने तत्काल छलफल गरे समाधानको निकास निस्कने आसय व्यक्त गर्नुभयो । सरकार गठनमा आफुहरु तगारो नहुने उहाँको स्पटोक्ती छ । उहाँले सरकार गठन र राष्ट्रियसभाको गठनको कुरा एकैपटक उठेपनि यसमा राजनीतिक समझदारीबाट अगाडी बढ्ने ढोका बन्द नरहेको बताउनुभयो । जनमतले काँग्रेसलाई सानो आकारमा खुम्च्याएको स्वीकार्दै उहाँले सरकार एमालेको नेतृत्वमै बन्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !