-
नमोबुद्ध संवाददाता
धुलिखेल, काभ्रे, ७ पुस : नेकपा एमालेका युवा नेता गोकुल बाँस्कोटाले राष्ट्रपति कार्यालयमा पुगेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा गठनको कुरा उठाएर काँग्रेसले कुर्सी छोड्न आलटाल गरिरहेको उहाँको आरोप छ । २०६४ मा माओवादीको झण्डै बहुमत आउँदा ४ महिनासम्म प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी नछाडेको स्मरण गराउदै नेता बाँस्कोटाले यो पटकपनि काँग्रेसको सत्तालिप्से प्रवृत्ति छर्लङ्ग भएको प्रष्ट पार्नुभयो । उहाँले संविधान,विधि र जनताको म्याण्डेट कसैले कुल्चिन नमिल्नेमा जोड दिदै रेडियो नमोवुद्धको विहानी वहस ‘नमोवुद्ध डबली’संग भन्नुभयो–‘जे मन लाग्यो त्यही गर्न खोज्ने ?, संविधानको पालना गर्नुपर्दैन ?’
२०६४ मा माओवादीको झण्डै बहुमत आउँदा ४ महिनासम्म प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी नछाडेको स्मरण गराउदै नेता बाँस्कोटाले यो पटकपनि काँग्रेसको सत्तालिप्से प्रवृत्ति छर्लङ्ग भएको प्रष्ट पार्नुभयो ।
संविधान तथा जनमतको भावनाअनुरुप राष्ट्रियसभा गठन वहुमतिय पद्धतिबाट गराउनुपर्ने उहाँको तर्क छ । त्यसका लागि राष्ट्रपतिकहाँ पुगेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश फिर्ता गराउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘राष्ट्रपतिलाई विवादमा पर्न दिनुहुन्न,छिटोभन्दा छिटो निकास निकाल्नुपर्छ ।’ उहाँले सरकारले जवरजस्ती यदि त्यो अध्ययादेश प्रमाणीकरण गर्न लगाएमा राष्ट्रपति राजनीतिक विवादमा मुछिनेमा सचेत गराउनुभयो । उहँको चिन्ता छ–‘दुई महिनापछि संसदले फेल ख्वायो भने के हुन्छ स्थीति ?’
काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बाँस्कोटाले ताजा जनादेशलाई नवुझेजस्तो गर्ने काँग्रेसको नौटंकी जनताले वुझिसकेको बताउनुभयो । उहाँले संविधानको धारा ७६ को उपधारा २ बमोजिम् सरकार गठन तत्काल थाल्नुपर्ने बताउनुभयो । सरकार बनाउन प्रतिनिधिसभाको बैठक बस्नुनपर्ने उहाँको भनाई छ । उहाँले प्रतिनिधिसभा चुनावको नतिजा आईसकेपछि जनमत अनुसार सबैभन्दा ठुला दलका संसदिय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने र ३० दिनभित्र विश्वासको मत पेश गर्नुपर्ने संबैधानीक व्यवस्था र अभ्यास रहेको स्पष्ट पार्नुभयो । २०४८ सालमा काँग्रेसका गिरीजाप्रसाद कोईराला पनि प्रतिनिधिसभाको बैठकपुर्वनै प्रधानमन्त्री बनेको उहाँले उल्लेख गर्नुभयो ।