• नमोबुद्ध संवाददाता

धुलिखेल, काभ्रे, ६ पुस– प्रदेशसभाका लागि काभ्रेबाट निर्वाचित सांसद चन्द्र लामाले चुनावअघि जनतासामु गरेको वचनवद्धताबाट आफु कत्तिपनि पछि नहट्ने बताउनुभएको छ । “सुखी जनता, सम्बृद्ध काभ्रे” बनाउने अभियानमा आफु अहोरात्र खटिनै रहने उहाँको भनाई छ । आफ्नो निर्वाचन क्षेत्रका जनता मुख्यगरी सडक,खानेपानी,शिक्षा,स्वास्थ्य,विद्युत् लगायतका सेवाको गतिलो पहुचमा नरहेको औंल्याउँदै उहाँले प्राथमिकताको आधारमा काम थाल्ने बताउनुभयो । रेडियो नमोवुद्धको विहानी वहस “नमोवुद्ध डबली” मार्फत उहाँले भन्नुभयो– “हामीसँग ईच्छा शक्ति चाहिन्छ, सम्भावना अथाह छ ।”

उहाँले आफ्नो निर्वाचन क्षेत्र पनौती, नमोवुद्ध, दाप्चा, भकुण्डे, धुलिखेल, रोशीदेखी डाँडापारीसम्मका स्थानिय जनतले दिएको मत खेर जान नदिने बताउनुभयो ।
जिल्लाको विकट क्षेत्र डाँडापारीका जनतालाई सडक सञ्जालमा जोड्न,विजुलीको राष्ट्रिय प्रशारण लाईन जोड्न आफु लागिसकेको उहाँको भनाई छ । डाँडापारी क्षेत्रमा रहेको एकाध लाघुजलविद्युत पनि गतिलो ढंगले सञ्चालनमा नरहेको र त्यसबाट जनताले खासै लाभ लिन नसकेको अवस्थामा उहाँको प्रतिवद्धता छ– “अबको डेढ वर्षमा डाँडापारीवासीलाई राष्ट्रिय प्रशारण लाईनको पहुंचमा पुर्याउछु ।”

डाँडापारी क्षेत्रमा रहेको केहि लाघु जलविद्युतबाट स्थानियले साना तथा घरेलु कुटानी, पिसानी मेसिन समेत चलाउने अवस्था नरहेको सन्दर्भमा यसमा उहाँको ध्यान आकृष्ट भएको हो । डाँडापारीवासीलाई राष्ट्रिय प्रशारण लाईन वितरण गरी विजुलीको उज्यालोमा पुर्याउन सकेमा दैनिकीमा सहजता आउनुका साथै सानाठुला कलकारखाना चलाई आर्थिक सवृद्धिमा पनि फड्को मार्न सजिलो हुने सांसद लामाको तर्क छ ।

डाँडापारी क्षेत्रमा रहेको केहि लाघु जलविद्युतबाट स्थानियले साना तथा घरेलु कुटानी, पिसानी मेसिन समेत चलाउने अवस्था नरहेको सन्दर्भमा यसमा उहाँको ध्यान आकृष्ट भएको हो । डाँडापारीवासीलाई राष्ट्रिय प्रशारण लाईन वितरण गरी विजुलीको उज्यालोमा पुर्याउन सकेमा दैनिकीमा सहजता आउनुका साथै सानाठुला कलकारखाना चलाई आर्थिक सवृद्धिमा पनि फड्को मार्न सजिलो हुने सांसद लामाको तर्क छ । लघु विजुलीको अर्थिङ व्यवस्थापनमा देखिएको समस्याले चट्याङको तारो पर्दा वर्षेनी दर्जनौ मानवजनको ज्यान जाने जस्ता समस्या पनि नहुने उहाँको भनाई छ ।

उहाँले डाँडापारीको मिल्चे, साल्धारा, घर्तीछाप, डाँडागाउँका जनता अझैपनि पैदलबाट दुई दिन लाएर सदरमुकाम आउनुपर्ने अवस्था रहेकोमा त्यो दुखलाई चिरेरै छाड्ने बचनवद्धता व्यक्त गर्नुभयो । त्यसका लागि अब तत्काल पनौती खोपासी तालढुंगा सडक छिचोल्ने उहाँको तयारी छ । सडकको विकास भएपछि डाँडापारी क्षेत्रमा जडिबुटि कारखाना चलाउनेदेखी किसानको कृषि उपज बजारसम्म ल्याउन सकिने उहाँको भनाई छ । साथै उहाँले यातायात जस्ता विकासको मेरुदण्ड मानिएको पुर्वाधारको विकासले डोकोमा विरामी राखेर सदरमुकामको स्वास्थ्य संस्थामा ल्याउनुपर्ने स्थानियको वाध्यता हट्ने बताउनुभयो । डाँडापारीवासी सदरमुकामसंग सिधा सडक सञ्जाल नहुदा प्रशासनिक लगायतका कामका लागि निकै फेरो बाटो मकवानपुर,हेटौडा तथा ललितपुर हुदै सदरमुकाम आउजाउ गर्छन् ।

प्रतिक्रिया दिनुहोस !