- नमोबुद्ध संवाददाता
काठमाडौं– आर्थिक रुपमा विपन्न सोलुखुम्बु का“कुका मृगौला पीडित मदन तामाङलाई सहयोग गर्ने क्रम जारी छ । एक महिनाअघि मृगौला प्रत्यारोपण गरी आराम गरिरहेका पाख्रिनलाई शनिबार कवि बिना थिङ र अभिनेत्री शान्ति वाइबाले ३० हजार रुपैया“ हस्तान्तरण गरे ।
सेलो प्रोडक्सनका तर्फबाट १० हजार रुपैया“, फिल्म ‘नीरफूल’ का निर्माता चन्द्रमाया बमजन तामाङबाट ५ हजार रुपैया“, चन्द्रबज्यु तामाङबाट ५ हजार रुपैया“, अमेरिकास्थित मीना लामाबाट ५ हजार रुपैया“ र कवि थिङका तर्फबाट ५ हजार रुपैया गरी उक्त रकम संकलन गरिएको हो ।
आर्थिक रूपमा विपन्न तामाङलाई गतमहिना अमेरिकाबाट ‘सेलफोन’ सर्ट फिल्मका निर्माता ङिमा पाख्रिनको पहलमा पत्रकारद्धय आङ छिरिङ शेर्पा, मच्छे गुरुङ, लामा एकाउन्टस् न्युर्योक, लाली गुरा“स रेष्टुरेन्ट वासिङटन डिसी, दिकी पाख्रिन क्यालिफोर्निया लगायत पचास जनाबाट ३ लाख ९ हजार ५ सय १५ रुपैया“, बेलायतबाट फस्ट एजुकेट नेपाल युकेका अध्यक्ष तेन्जी पाख्रिनको पहलमा २ लाख ४ हजार ९ सय रुपैया“, कोरियाबाट एपी तेन्जिङ शेर्पाको पहलमा ६२ हजार २ सय रुपैया“ हस्तान्तरण गरिएको थियो ।
उक्त रकमबाट मृगौला प्रत्यारोपण सफल भए पनि अहिले महिनाको ८० हजार रुपैया“को औषधि खाइरहनुपरेको तामाङले जनाए ।