- नमोबुद्ध संवाददाता
काठमाडौं– प्रवासमा रहेका तामाङ समुदायले ग्लोबल कन्फ्रेन्सको तयारी गरेको छ । त्यसअघि उत्तर–अमेरिकी तामाङ सम्मेलन हुने तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्त थोकरले राजधानीमा आयोजित एक कार्यक्रममा बताए ।
‘छरिएर रहेका प्रवासी तामाङहरुको एउटा साझा थलो बनाउन खोजेका हौं’ नाम्सादिम छोरङान नेपालले गरेको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष थोकरले भने, ‘मुलुक बाहिर मौलिक भाषा, संस्कृति र रहनसहन प्रबद्र्धन गर्न यस्ता सम्मेलनले सघाउन सक्छ ।’
समाजशास्त्री डा. मुक्तसिंह तामाङले ग्लोबल कन्फ्रेन्सको अवधारणाको प्रसंशा गर्दै यसअघि भएका प्रयासहरुलाई पनि जोड्न आग्रह गरे । यसअघि काठमाडौंमा दुईपटक र भारतको दार्जिलिङमा एकपटक ‘तामाङ विश्व सम्मेलन’ भइसकेका छन् । उनले अब हुने कन्फ्रेन्सलाई चौथो संस्करणको रुपमा जोड्न आग्रह गरे ।
लुम्बिनी विकास कोषका सदस्य सचिव एवं भाषाविद अजितमान तामाङलाई पनि तामाङ सोसाइटी अफ अमेरिकाको पहललाई प्रसंशा गरे । ‘यस्ता सम्मेलन जसले जहा“बाट गरे पनि स्वागत गर्नुपर्छ’, उनले भने, ‘तामाङ मौलिक पहिचान प्रबद्र्धनमा यसले ठुलो भुमिका खेल्नेछ ।’
सोसाइटीका पूर्व अध्यक्ष तथा तामाङ कल्चरल बुद्धिष्ट सेन्टर न्युयोर्कका संयोजक इन्द्र तामाङले अमेरिकाको नया“ नेपाली पुस्ता भाषा–संस्कृति हराएको अवस्थाबाट गुज्रिरहेको बताउ“दै आफूहरुले थोरै भएपनि पहल गरिरहेको बताए । ‘बुद्धिष्ट सेन्टरको निर्माणको अभियान अघि बढिसकेको छ’ उनले भने, ‘यसले नया“ पुस्तालाई संस्कृति सिकाउन सघाउने छ ।’ सोसाइटीका पूर्व अध्यक्ष भरत मोक्तान तामाङले पनि आफूहरु अमेरिकामा मौलिकता संरक्षण गर्न लागिरहेको जनाए ।
कार्यक्रममा जन सम्पर्क मन्च अमेरिकाका सचिव भोजराज थोकर तामाङ, सोसाइटीका सल्लाहकार तथा इन्द्रवाती गाउ“पालिकाका प्रमुख वंशलाल मोक्तान लगायतले धारणा राखेका थिए ।