काठमाडौं । आन्द्रे इनिस्टाको गोलको मदतमा बार्सिलोनाले मालागालाई हराएको छ र स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राखेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले मालागालाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले दोस्रो मिनेटमा नै जेरार्ड डेउलोफुको गोलबाट अग्रता लिएको थियो । ५६ औं मिनेटमा इनिस्टाले गोल गरे ।
इनिस्टाको यो गोल पछिल्लो एक वर्षमा पहिलो हो । यसअघि उनले २०१६ सेप्टरम्बरमा च्यामिपयन्स लिगमा सेल्टिकविरुद्ध गरेका थिए ।
जितपछि लिग लिडर बार्सिलोनाको ९ खेलबाट २५ अंक छ भने दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको २१ अंक छ । रियल मडि्रडको १७ अंक छ र एक खेल कम खेलेको छ ।