नेपाल प्रहरीका,  प्रहरी सहायक निरिक्षक लुटजंग खड्का को टोलीले डोल्पाको एक जंगलमा लुकाइराखेको ठुलो परिमाणका चाइनिज पेस्तोल बरामद गरेको छ । क्षेत्रीय प्रहरी प्रमूख प्रहरी नायव महानीरिक्षक पार्वती थापाका अनुसार  प्रहरी सहायक निरिक्षक लुटजंग खड्काको टोली डोल्पा माझफाल ९ को तोरीद्वारी सामूदायिक बन र रुकुमको नाका क्षेत्रमा यार्सागुम्बाको संकलन गर्न जादा  बनखोल्सामा बेवारिसे अवस्थामा रहेको ५४ थान चाइनिज पेस्तोल, म्याग्जिन १ र ६ राउण्ड गोली बरामद गरेको हो । घटनास्थल प्रहरी चौकी माझफालबाट पश्चिम दक्षिण ५ घण्टाको पैदलदुरीमा छ भने जिल्ला प्रहरी कार्यालयबाट २४ कोष पश्चिम दक्षिणमा पर्छ । घटनाबारे अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस !