केही समय अघि देखि  जापानमा रेस्टुरेन्ट ब्यबसाय गर्दै आएका बागलुङ बलेवाका दिपबहादुर खड्काको जापानमा निधन भएको छ । लामो समयदेखि जण्डिसबाट पीडित खड्काको उपचारका क्रममा “टोक्यो ईतावासी कुमा आयोमा”  अस्पतालमा निधन भएको हो । अप्ठेरो महसुस भएपछि उहाँ आफ्नै श्रीमतीसहित उपचारका लागि अस्पताल गएका  खड्का त्यहाँ पुगे लगत्तै बेहोस भएका थिए । केही बेरपछि उहाँलाई चिकित्सकहरुले मृत घोषत गरेका थिए ।मृतक खड्काको ५ वर्षकी छोरी नेपालमै रहेको छ ।  जापानको  ” केहिन तोहोकु लाईनको ताबाता स्टेशन”  नजिक सञ्चालन गरेको जुनतारा रेस्टुरेन्ट   खड्काले केही समय अगाडि मात्र  बिक्री गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !