क्रबार न्यूयोर्कको कुइन्सस्थित हिमालयन याक रेष्टुरन्टमा एनआरएन आईसीसीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नियोगका राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा सहभागी हुन अमेरिका आएका प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे तथा उद्योग वाणिज्य महासंघका सदस्य मिङ्मा शेर्पाको पनि उपस्थिति रहेको थियो ।
एनआरएन आईसीसीका सक्रिय सदस्य व्यापारी तथा समाजसेवी सोनाम लामाको विशेष सक्रियतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष प्रल्हाद केसीले एनआरएनको दोहोरो नागरिकताको मागलाई सम्बन्धित निकायमा पुर्याउन नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पनि केही सहयोग होस् भन्ने भावना व्यक्त गरेका थिए भने महासंघका अध्यक्ष सुरज वैद्यले एनआरएनहरुले नेपालमा खुलेर लगानी गर्न सक्छन् कुनै बाधा अड्चन आएमा महासंघले सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा बसेर काम गर्नेहरुको सराहना गर्दै देशको विकासका लागि निजी क्षेत्रको अहम् भूमिका रहेको बताएका थिए । कार्यक्रमको अन्त्यमा कानूनविद् खगेन्द्र जिसी, दुर्गा भुर्तेललगायतका व्यक्तिहरुले अध्यक्ष वैद्यसँग समसामयिक विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।