विदेश भ्रमणमा जाने तयारी गरिरहेका तपश्वी भनिने रामबहादुर बम्जनले घरपरिवारले नागरिकता नदिएको भन्दै आक्रोशमा बहिनी रञ्जितालाई बन्धक बनाएको रहस्य खुलेको छ । बम्जनकी आमा मायादेवीले छोरा बम्जनले बहिनी रञ्जितालाई आईतबार घरबाटै लिएर गई तपस्या स्थलमा बन्धक बनाएको उजुरी प्रहरीलाई हाले पछी उक्त रहस्य खुलेको हो । छोरा बम्जनले नागरिकता दिएपछि मात्रै बहिनीलाई बन्धक मुक्त गर्ने बताएको परिवारको भनाइ छ । छोरीको रिहाईको लागि स्थानीयको सहयोगमा तपस्यास्थल पुगेपनि बोधि श्र्रवण धर्मसंघका सदस्यहरुले तरवार र लाठीसहित लखेटेको बम्जनकी आमा मायादेवीले बताएकी छिन । महिलाहरुलाई बन्धक बनाएको घटना बारम्बार आइरहंदा पनि प्रहरीले तपश्वी भनिने बम्जनलाई अहिलेसम्म कार्वाही गर्न सकेको छैन । यसअघि, बम्जनले स्लोभाकियाकी मारिची र निजगढकी आनी भनिने महिलालाई तीन महिना बन्धक बनाई यातना दिएको समाचार आएपनि पछी मिरिचीले आफूलाई कसम खुवाएर प्रहरी र पत्रकारसँग केही नभन्न चेतावनी दिएको बताएकी थिइन् ।
भिडिओ हेर्न को लागि तल क्लिक गर्नुहोस