नेपाली कांग्रेसबाट  समानुपातिक तर्फबाट सभासद रहनु भएका नेपाली कांग्रेसका सभासद् राधेश्याम अधिकारीले संविधानसभाको म्याद थप्ने सरकारको प्रस्तावप्रति असहमति जनाउंदै सभामुख सुवास नेम्वाङ समक्ष पदबाट राजिनामा दिनु भएको छ । सभासद्  अधिकारीले   सर्वोच्च अदालतको फैसला विपरीत अलोकतान्त्रिक ढंगबाट संविधानसभाको म्याद बढाउन खोजिएकोले असहमति जनाई राजिनामा दिएको बताएका छन् ।  उहाँले राजनीतिक इच्छाशक्ति भए अझैपनि जेठ १४ भित्रै संविधान आउन संभव रहेको पनि बताउनु भयो ।  राजिनामा दिनुअघि कांग्रेस संसदीय दल पुगी उहांले म्याद थप्ने प्रस्ताव कानुनी राज्यको अवधारणा विपरीत भएको भन्दै पार्टी नेतृत्वलाई राजिनामा दिन लागेकोबारे जानकारी गराउनुभएको थियो । बरिष्ठ अधिबक्ता अधिकारी संविधान निर्माणका विषयमा संविधानसभामा सक्रिय भुमिकामा रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !