आदिवासी जातीय पहिचान सहितको संघीयताको माग राख्दै आन्दोलनमा उत्रिएको आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दको तेस्रो दिन पनि राजधानी लगायत पुरै देशको जनजीवन अस्तव्यस्त भएको छ।
वृहत मधेशी मोर्चा र थरुहट संघर्ष समितिको बन्द पनि तराईमा जारी छ।
राजधानीका सडकमा सवारी साधन छैन, शैक्षिक, सस्था, उद्योग कलकारखाना खूलेका छैनन् स्थानमा बन्दकर्ताले प्रदर्शन जारी राखेका छन्। लगातार तीन दिनको बन्दले राजधानीको जनजीवन कठिन बन्दै गइरहेको छ।

प्रतिक्रिया दिनुहोस !