राष्ट्रपति भवन शितल निवासमा एक समारोह आयोजना गरि गणतन्त्र स्थापनापछि देशका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु-याउने २ सय ६८ जना व्यक्तित्व पहिलोपल्ट राष्ट्रिय मानपदवी तथा पदकबाट सम्मानित हुनुभएको छ । प्रथम गणतन्त्र दिवसको अवसरमा २०६७ सालमा तात्कालीन प्रधानमन्त्री माधव नेपालको सरकारले घोषणा घोषणा गरेको उक्त मानपदवी , अलंकार र पदक आज एक विशेष समारोहबीच राष्ट्रपति डा.  रामवरण यादवले प्रदान गर्नुभयो ।
गणतन्त्र नेपालको पहिलो मानपदवी समारोहमा राष्ट्रको सबैभन्दा ठूलो सम्मान नेपाल रत्नबाट दिवंगत नेता गणेशमान सिंहलाई मरणोपरान्त सम्मान गरियो । यसैगरी पूर्व प्रधानमन्त्रीद् दिवंगत गिरिजाप्रसाद कोईराला र मनमोहन अधिकारीलाई पनि मरणेपरान्त दोस्रो ठूलो पदक राष्ट्र गौरव प्रदान गरिएको छ ।
यसैगरी समारोहमा उज्ज्वल कीर्तिमय राष्ट्रदिप द्धितीय श्रेणी सात जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ६ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी ७२ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ९६ जनालाई र जनसेवाश्री पञ्चक श्रेणी ३४ जनालाई प्रदान गरिएको छ ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा। बाबुराम भट्टराई, सभामुख सुवासचन्द्र नेम्बाङ, प्रधानन्यायाधीश खिलराज रेग्मीलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।   सरकारले घोषणा गरेको पदवीको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, पत्रकार कनकमणि दीक्षित र युवराज घिमिरेलगायतले नलिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !