प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुरक्षा निकायका प्रमुखलाई उच्च सर्तकता र संयमका साथ काम गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री भट्टराईले जेठ १४ नजिकिदै गर्दा हुनसक्ने सम्भावित घटनालाई रोक्न उच्च सर्तकता र संयमका साथ काम गर्न निर्देशन दिनुभएको हो । आन्दोलनका क्रममा तोडफोड र अराजक गतिविधि गर्नेहरुलाई कडाइपूर्वक रोक्न निर्देशन दिँदै प्रधानमन्त्री भट्टराईले प्रेस, मानवअधिकारकर्मी, कुटनीतिक नियोगका सवारी साधन सहज ढंगले संचालन हुने वातावरण बनाउन आग्रह गर्नुभएको थियो । बैठकमा गृहमन्त्री, नेपाली सेनाका प्रतिनीधि, मुख्य सचिव, गृहसचिव, रक्षा सचिव र नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहभागि थिए ।