गणतन्त्र कोरियाका लागि  नव नियुक्त नेपाली राजदूत कमानसिंह लामाले शुक्रबार कोरियाली राष्ट्रपति ली म्यङ  बाक समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपतिको कार्यालय ब्लु हाउसमा आयोजित एक कार्यक्रममा ओहोदाको प्रमाणपत्र  पेश गर्दै नव नियुक्त नेपाली राजदूत कमानसिंह लामाले  राष्ट्रपति ली समक्ष दुइ राष्ट्रबीच उच्च स्तरीय भ्रमणको  प्रस्ताव राखेका थिए । प्रमाण पत्र ग्रहण पश्चात राष्ट्रपति लीले  नेपाल र कोरिया  बिचको दौत्य सम्बन्ध पुरानो र बहुपक्षीय रहेको स्मरण गर्दै आगामी दिनमा अझ सुदृढ बनाउनु पर्नेमा जोड दिएका थिए । उक्त अवसरमा दक्षिण कोरियाका परराष्ट्र मन्त्री किम सुङ ह्वन,राष्ट्रपति कार्यालय विदेश विभागका सचिब छङ हो जीन लगायतका कुटनैतिक व्यक्तिहरुको उपस्थिति रहेको  सोलस्थित नेपाली दूतावासले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस !