नेपाल निर्माण व्यवसायी र दक्षिण कोरियाका निर्माण व्यवसायीबीच आज सम्झौता हुने भएको छ । सो सम्झौताका लागि व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेको नेतृत्वमा ६ सदस्यीय टोली सम्झौताका लागि दक्षिण कोरिया आइपुगेको छ । निर्माण व्यवसायी संघ दक्षिण कोरिया र नेपाल निर्माण व्यवसायी महासंघबीच प्राविधिक सहयोग तथा सूचना आदान प्रदान सम्झौता हुन लागेको हो । राजधानी सियोलमा एक कार्यक्रमबीच महासंघका अध्यक्ष लामिछाने र अन्तर्राष्ट्रिय निर्माण व्यवसायी संघ कोरियाका अध्यक्ष चोई लि डुकबीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
सम्झौतापछि नेपाल र दक्षिण कोरियाबीच रहदै आएको मैत्रीपूर्ण सद्भाव र विकास निर्माणको क्षेत्रमा लगानी भित्र्याउनेबारेमा दुई देशबीचका व्यवसायीसँग छलफल गरिने कार्यक्रम रहेको जानकारी मा आएको छ ।